रामेछाप । सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आगामी पौष १९ गते रामेछाप आउने भएका छन् ।
पौष १९ गते बेथान वीरता दिवस समेत परेको हुनाले सोही दिन दुईवटै कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड रामेछाप आउने भएका हुन् । सुनापति गाउँपालिकामा निमार्ण सम्पन्न भएको प्रशासकिय भवनको उद्घाटन र बेथान वीरता दिवस कार्यक्रम मनाउने र सो दिन प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा गर्ने गरी प्रधानमन्त्रीलाई निम्तो दिन आज रामेछापका बागमती प्रदेश सांसद युवराज चौलागाई, सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ सहितको टोली प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
रामेछापका नेताहरुले दिएको निम्तो प्रधानमन्त्री दाहालले स्वीकार गर्नुभएकाले आगामी पौष १९ गते रामेछापको सुनापतिमा आउनु हुने पक्का भएको बागमती प्रदेश सांसद चौलालाईले जानकारी दिए । सुनापति गाउँपालिकाको भवन नहुँदा हालसम्म ट्रसमा कार्यालय संञ्चालन हुँदै आएको थियो । कार्यालयको नवर्निमित भवन निमार्ण भएर उक्त कार्यालयमा भवन सरेपछि कार्यालय संञ्चालनमा सहज हुने छ ।
यसअघि प्रधानमन्त्री प्रचण्ड दोरम्वा गाउँपालिका–१ डाँडाकटेरीमा भएको दोरम्वा हत्या काण्ड स्मृतिसभा कार्यक्रमलाई सम्वोधन गर्न आएका थिए । सुनापति गाउँपालिकामा भने प्रधानमन्त्री प्रचण्ड पहिलो पटक आउने भएका हुन् ।