१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

रामेछाप । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सोमवारबाट सदरमुकाम मन्थलीमा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

खेलकुद प्रतियोगीतामा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तहका गरी कुल ७ सय ३९ जना खेलाडीहरुले सहभागीता जनाएका छन् । आजवाट शुरु भएको प्रतियोगीता माघ ३० गते सम्पन्न हुने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीले जानकारी दिए ।

उक्त खेलकुद प्रतियोगीताको उद्घाटन वाग्मती प्रदेश सांसद एवं प्रदेश उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले गरेका थिए । तीनदिनसम्म चल्ने उक्त प्रतियोगीतामा ६६ वटा स्वर्ण पदकको लागि विभिन्न खेलहरु खेलाइने छ । जसमा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो र उसु लगाएतका खेलहरु रहेका छन् ।

खेलकुद प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै सिल्ड, मेडल र प्रमाणपत्र समेत पाउनेछन् । प्रतियोगीताको लागि कुल १९ लाख २२ हजार २०० रुपैयाँ लाग्ने अनुमान गरिएकोमा मन्थली नगर खेलकुद विकास समितिले १२ लाख रुपैयाँ रकम उपलव्ध गराएको र अरु रकमको लागि श्रोत खोजी भइरहेको जिल्ला खेलकुद विकास समिति रामेछापका कार्यालय प्रमुख बिष्णु कुमार श्रेष्ठले जानकारी दिए ।

Scroll to Top