हृदयघातबाट काँग्रेसका नेता श्रेष्ठको निधन

रामेछाप । हृदयघातबाट नेपाली काँग्रेस रामेछापका युवा नेता राजनारायण श्रेष्ठको ५० वर्षको उमेरमा गएराती निधन भएको छ ।

काठमाण्डौंमा होटल व्यवसाय संञ्चालन गर्दै आएका श्रेष्ठलाई आफ्नै होटलमा बसिरहेको अवस्थामा हृदयघात भएको थियो । उनलाई तत्काल उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल महाराजगञ्ज लगिएता पनि बचाउन नसकीएको नेपाली काँग्रेस प्रदेश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

मतृक श्रेष्ठ रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति समेत रहेका थिए । त्यसैगरी उनी हाल फास्ट फुड एसोसिएसन नेपालको पुर्व महासचिव एवं हालका सल्लाहकार समेत रहेका थिए । नेपाल विद्यार्थी संघको राजनिति बाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठ दुई पटक नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका थिए । त्यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै खाँडादेवी गाउँपालिका–५ को वडाध्यक्षमा चुनाव लडेका श्रेष्ठ झिनो मतान्तरले पराजित भएका थिए । श्रेष्ठको निधनले नेपाली काँग्रेस पार्टीलाई अपुरणिय क्षती पुगेको नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णवहादुर तामाङ (कान्छाराम)ले बताए ।

Scroll to Top