एक युवकमाथी सांघातिक आक्रमण गर्ने ८ युवा प्रहरीको नियन्त्रणमा

रामेछाप । एक युवकलाई सांघातिक रुपमा आक्रमण गर्ने ८ युवालाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको छ ।

मन्थली नगरपालिका–७ भटौली स्थित कल्लेरी मानेडाँडाका ३५ वर्षिय जीवन विकलाई निर्घात कुटपिट गर्ने ८ युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । करण विकले पुरानो रिसिइवी सादेर जीवनलाई कुट्ने योजना बनाई आइतवार बिहानै राजधानी काठमाण्डौंवाट ४ वटा मोटरसाइकलमा ८ जना मिलेर आएका युवाहरुले जीवनको खाजी गरेका थिए । उनी आफ्नो घरायसी कामले घर भन्दा केही माथी खाँडादेवी गाउँपालिका–९ स्कुलडाँडामा वसिरहेको स्थानमा पुगेका समुहले जीवनलाई भेट्नासाथ निर्घात कुटपिटमा उत्रिएका थिए ।

कुटपिटवाट घटनास्थलमै बेहोस बनेका जीवनलाई स्थानियहरुले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटना विवरण प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीको टोलीले गम्भिर घाइते भएका जीवन विकलाई उपचारको लागि रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिएकोमा उनको अवस्था गम्भिर भएकाले थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको रामेछाप सामुदायिक अस्पतालका निर्देशक डा.केशव धामीले जानकारी दिए ।

युवकलाई सामुहिक रुपमा सांघातिक आक्रमण गर्ने रामेछाप खाँडादेवी–३ आँपचौरका २५ वर्षीय गोपाल बि.क., खाँडादेवी–२ मझुवाका २० वर्षीय दिपेन्द्र लोहार, खाँडादेवी–१ राकाथुमका ३६ वर्षीय नारायण लोहार, मन्थली–७ कल्लेरीका ३२ वर्षीय करण बि.क. र सोही ठाउँकी २५ वर्षीया विपना खातीलाई प्रहरीले घटनास्थलवाटै पक्राउ गरेको छ ।

त्यसैगरी सोही घटना संलग्न रहेका जिल्ला सिन्धुली सुनकोसी गाउँपालिका–४ डाँगी बस्ने २४ वर्षीय रमन बि.क., ३० वर्षीय रमेश बि.क. र २० वर्षीय चतुरलाल बि.क. र उनीहरुले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घटनामा संलग्न सबैलाई कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

Scroll to Top