रामेछाप । नेपाली काँग्रेस पार्टीको स्वास्थ्य विभाग सदस्यमा रामेछापबाट डा.सुमन कर्माचार्य मनोनित भएका छन् । डा.कर्माचार्य दशकौं देखी जिल्लाकै तामाकोशी अस्पतालमा रहेर नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा सदस्यहरू मनोनीत गरेका हुन् । केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेका हुन् । स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा. लक्ष्मीराज पाठक–कैलाली, डा. मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा. अनिलकुमार झा–सप्तरी, रहेका छन् ।
त्यसैगरी मनोनित हुने अन्य सदस्यहरुमा डा. सुशीलनाथ प्याकुरेल–ललितपुर, श्यामचन्द्र यादव–धनुषा, ईश्वर कार्की–झापा, विष्णुप्रसाद भट्टराई–स्याङ्जा, पुजा फुयाल–सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत रहेका छन् ।