२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाण्डौ – २४ घण्टामा २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार ९१ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइसोलेसनमा बसेर उपचार गराइरहेका २२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल १ सय १२ जनामा झरेको छ । सक्रिय सङ्क्रमित मध्ये ९ जना आइसोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Scroll to Top