गुटको कारण पार्टी कमजोर भयो–कोइराला

रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं बिपी पुत्र डा.शशाङ्क कोइरालाले पार्टी भित्र गुट र उपगुटकै कारण पार्टी कमजोर भएकाले अबका दिनमा पार्टी एकजुट भएर अघि वढ्नुको बिकल्प नरहेको बताए ।

सो कुरा उनले आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापद्वारा आइतवार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बताएका हुन् । उनले अहिले काँग्रेसको केन्द्र देखी गाउँतहसम्म गुट उपगुट रहेकाले उक्त गुट उपगुट पार्टीको अधिवेशनमा मात्रै उपयोग गरेर पार्टीको अधिवेशन पछि एकढिक्का हुनु पर्ने बताए ।

नेपाली काँग्रेस पार्टी परिर्वतनको लागि लामो इतिहाँस बोकेको पार्टी भएकाले नेता र कार्यकर्ता सवै इमान्दार हुनु पर्ने बताए । उनले नेपालीहरुको महान चाड बिजयादशमी सकिनासाथ आफु कार्यकर्ताहरुको भावना बुझ्न देश दौडाहामा निस्कने र कार्यकर्ताको भावना बुझेर १५ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारी दिने बताए ।

उनले काँग्रेसको शक्ति भनेकै बीपीको विचार भएकाले वीपी विचारबाट विचलित नभई बफादार भएर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरे । बीपीले ७० वर्ष अगाडी दिएको विचारबाट पार्टी विचलित नहुने हो भने कुनै पनि दलले काँग्रेसलाई केही गर्न नसक्ने बताए । त्यस्तै उनले कोसी प्रदेशमा काँग्रेस संसदीय दलका नेतालाई मुख्य मन्त्रीका लागि परमादेश गरेर सर्वोच्च अदालतले गलत गरेको बताए । राजनितीज्ञले गर्ने बिषयमा सर्वोच्च अदालतले हात हालेर मुलुकमा राजनितिक खतरा बढेको पनि नेता कोइरालाले बताए ।

त्यस्तै नेता कोइरालाले तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु गलत पूर्ण निर्णय भएको बताए । उनले आफू धार्मिक स्वतन्त्रताका पक्षपाती भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको पनि बताए ।

Scroll to Top