बिचार: बालेनमय माहोल र उत्पादनहिनता

पार्बती कार्की-
बालेन अहिले कैयनको लागि रोल मोडल, नायक त कतिको लागि अलौकिक नेता हुन् । बालेनको बिस्तारै देवत्वकरण हुँदै छ । नेपाली समाज अरु केहि नगरेपनि कसैलाई निमेष भरमै देवत्वकरण या दानविकरण गर्नमा माहिर छन् । मान्छेको देवत्वकरण गर्दै जादा एकदिन उसबाट गल्ति भयो भने सबको गालि र घृणाको पत्र बन्न पुग्छन । किनकि मानिसको अपेक्षा भगवान/देवताबाट अतिनै धेरै हुन्छ ।

नेपालीहरुको मन मस्तिष्कमा अलग अलग समयमा फरक मानिसहरुले भगवानको स्थान बनाएका छन् । २००७ सालको क्रान्ति अनि २०१५ को चुनावमा बिपी कोइराला भगवान थिए । २०४६ को जनान्दोलनको बेला गणेशमान सिंह सबको भगवान भए । २०४८को चुनाव ताका मदन भण्डारी सबको भगवान थिए । २०६३ तिर प्रचण्ड पनि भगवाननै भए । २०७२को भारतीय नाकाबन्दीको बेला ओली सबका भगवान थिए, चुनावमा पार्टीलाई बहुमत दिलाए, सबैले “आइ लाभ यू केपी बा” पनि भने । त्यसपछि रवि आए । रवि त परम अलौकिक भगवान थिए । संजालमा कसैले रवि बिरुद्ध केहि लेखे उनका भक्तहरुको कोप भाजनको शिकार हुन पर्दथ्यो । ती सब भगवानहरु इतिहासमै बिलाए ।

कसैलाइ नेपालमा भारतीय सेना भित्राएको आरोप लाग्यो । कालापानीमा अझै भारतीय सेना छ । कोहि आफ्नै पार्टीबाट निस्क्रिय भएर बस्नुपर्यो । कोहि लडाकु क्यानटोनमेन्टको रकम घोटालाको आरोप लागेर बसेका छन् । कोहि गिरिबंधु प्रकरणमा बद्नाम भएका छन् भने कोहि सहकारी काण्डमा । अहिलेको नेपालीको नया भगवानको अवतार हुन् बालेन शाह । यसरी बालेनलाई पनि देवता बनाउँदै जाने हो भने कुन दिन अपेक्षाअनुसार काम गर्न नसक्दा यहि जनताले आकाशबाट झारेर जमिनमा गाड्ने छन् ।

खासमा हाम्रो देशको मूल संबिधान समाजबाद उन्मुख भनिएको छ तर त्यो कसरि प्राप्त हुन्छ कसैले र कुनै पनि कथित भगवानहरुले जनतालाई बुझाउन सकेको देखिदैन । कुरो समान्य छ, सम्पूर्ण जनताले यदि उत्पादनमा योगदान दिन सक्यो भने र त्यसबाट आउने जुन उत्पादकत्व हुन्छ त्यो सम्पूर्ण जनतालाई समान रुपले वितरण गर्न सकेमा त्यो नै समाजबाद हुन्छ । समाजबाद ल्याउन बडेमानको कल कारखाना स्थापना गर्ने पर्दैन । हरेक जनता उत्पादनमा सरिक भए पुग्छ । कसैले सेवा उत्पादन गर्न सक्छन, कसैले बस्तु उत्पादन गर्न सक्छन त नेपालको सन्दर्भमा जनताले गर्न सक्ने मुख्य उत्पादन भनेको कृषि क्षेत्रमै हो । जनता नै अल्पबुद्धिको छन् यहाँ ।

यहाँको जनता कोहि अलौकिक नेता आएर देश विकास गरिदिन्छ भनेर बसेका छन् । हरेकले आफ्नै बाझो जमिनमा केहि सागपात, १०÷२० वटा स्थानीय लोकल कुखुरा, ५÷१० वटा खसी÷बोका, अनि सायपत्रीको फूल, अकबरे खुर्सानी, तरकारी, हुने ठाउँमा फलफूल, चिया, कफी, आलू, कोदो मात्र उमार्न सकियो भने पनि करिब ५० लाख घर धुरीले वार्षिक थोरै भएपनि ३ लाखको उत्पादन गरेमा देशको जिडीपी १५ खरबले बढ्छ । त्यो भनेको सिंगै देशबाट उठ्ने राजस्वभन्दा बढी हो ।

सिंगै देश भित्र आउने रेमिट्यान्स जति नै पैसा हो । यहाँ ३ लाख भनेको ३ लाखकै कृषि उपज बजारमा बेचेर पैसा कमाउने भनेको हैन । त्यति भ्यालु (मूल्य) बराबरको उत्पादन भनिएको हो । यस उत्पादन मध्ये केहि आफैले प्रयोग गरिएला या खाइएला अनि केहि बेचीएला । आफैले खानु भनेको पनि पैसा जोगिनु हो किनकि त्यो सामान बाहिरबाट किनेर या आयात गरेर पैसा खर्च गर्न परेन । तर आफू केहि नगर्ने, विदेशबाट आफ्नो श्रीमान/श्रीमती या छोरा÷छोरीले पाठाएको रेमिट्यान्सको पैसाले सुतेर खाएर बस्ने अनि बालेनलाइ देवत्वकरण गर्दै बस्ने हो भने देश उन्नति हुँदैन । सबैले मेहनत गर्नुपर्छ । सबले केहि न केहि उत्पादन गर्न पर्छ । देशको उत्पादन अत्यन्त थोरै छ ।

बार्षिक करोडौको गुन्द्रुक, सयपत्री र जनैको डोरो धरी आयात गर्ने देश को उत्पादन स्थिति कस्तो छ भनि रहन परेन । सबले उत्पादनमा सामेल भए देशको समुल जिडीपी बढ्छ । आयात घट्छ । यसबाट व्यापार घाटा घट्छ । बिदेशी मुद्राको संचिति बढ्छ । नेपाली मुद्रा बलियो हुन्छ । त्यस उत्पादनबाट आयात घट्न गएर जोगिएको रकमले विकास निर्माणको काम देश भरि समानुपतिक वितरण (अर्थात् अतिकम बिकसित पिछडिएको) क्षेत्रलाइ बढी विकास बजेट निकासा गरेर साचो अर्थमा समाजबाद ल्याउन सकिन्छ ।

हाम्रो तिर देश विकासमा व्यक्तिले गर्ने खर्चले योगदान दिन्छ भनेर कसैले बुझेको देखिदैन । पश्चिमतिर धन हुनेले दिल खोलेर खर्च गरेको राम्रो मानिन्छ ! खर्च हुने धन सरकारी ट्याक्सदेखि सेवा र उत्पादन बेच्ने आम मान्छेसम्म कुनै न कुनै रूपले वितरण हुन्छ । धन जति तरल हुन्छ र खर्च हुन्छ, अर्थतन्त्र त्यति नै चलायमान र सबल हुन्छ ! पार्टी प्यालेसमा हुने एउटा भव्य पार्टीमा खर्च भएको पैसा दूध या गोलभेडा उत्पादन गर्ने कृषकदेखि बाजा बजाएर संस्कृति र जीविका बचाउनेसम्म पुगेको हुन्छ ! नसक्नेले नगर्ला, गर्न उपयुक्त नहोला, तर सक्नेले पनि गरेन भने त्यसले धेरैलाई असर गर्छ ! धन खर्च नभई एक ठाउँमा जम्मा भयो भने मन्दी शुरू हुन्छ ! आर्थिक मन्दी भनेको पैसा नहुनु होइन ।

पैसा त हिजो जति थियो, त्यो छँदै छ । हुने र सक्नेले खर्च नगर्ने अवस्था नै मन्दी हो ! पश्चिमतिर सरकारको नीतिगत ध्यान नै हुनेले खर्च गर्ने वातावरण मिलाउनतिर केन्द्रित हुन्छ । पूँजी “बगाउन” तिर हुन्छ । बग्यो भने निम्न वर्गसम्म पनि आइपुग्छ भन्ने तर्क हुन्छ, र सबैभन्दा धेरै खर्च मुख्य चाडबाड़कै वरपर हुन्छ । त्यतिबेलाका आर्थिक सूचकहरू अर्थतन्त्रका लागि धेरै महत्वपूर्ण मानिन्छन् । युरोपमा कृश्मश आउनु एक डेढ़ महिनाअघि देखि नै साजसज्जÞा, कृष्मश डिनर, कृष्मश पार्टी जस्ता गतिविधि सुरु हुन्छन् ।

सरकारी निकायले पनि साजसज्जामा ठूलो खर्च गर्छन् । सड़क र अफिसहरू सिँगारिएका हुन्छन्, पसलहरू भरिभराउ हुन्छन् । अझ ठूलो स्केलमा व्यापार हुने र थोरै मुनाफा राखे पनि कुल नाफा बढ्ने भएकाले खाद्य सामग्री अरूबेला भन्दा सस्तो र सुलभ हुन्छ । एक महिनाअघि नै मान्छेले बजारबाट कृष्मश–ट्री किनेर घरमा सजाउँछन् । आफन्त र इष्टमित्रलाई गिफ्ट किनेर बाँड्ने चलन हुन्छ । हाम्रो सोच र परिस्थिति अलग छ । हामी सबै धनी बन्न त चाहन्छौं, तर धनी मान्छेहरू प्रति हाम्रो दृष्टिकोण सकारात्मक छैन । ती हाम्रै खून चुसेर धनी भएका हुन् भन्ने हाम्रो सोच छ, स्कुलिङ् छ ।

छिमेकी धनी भएकै कारण हामी गरिब भएको जस्तो हाम्रो सोच छ । नाफा र कमिशन शब्दप्रति हामी कति ’निगेटिभ’ छौं भन्ने सबैलाई थाहा नै छ ! धनी हुने भनेको पूँजी, सिप र आइडियालाई बजारमा उतारेर हो । पूँजी बजारमा उत्रिनु भनेकै धेरैसम्म पुग्नु हो । अपवादबाहेक कोही मान्छे एक्लै धनी हुनै सक्दैन । ऊसँगसँगै प्रत्यक्ष–अप्रत्यक्ष धेरै मान्छे धनी हुन्छन् । रोजगारी पाउँछन् । अझ खर्च गर्ने धनीहरू त समाजका दुश्मन नै हुन् जस्तो हाम्रो सोच छ ! एउटा अरबपति मान्छेले सय रुपियाँ खर्चेर बिहे गर्यो भने त्यो हाम्रो लागि आदर्श भयो ! उसले करोड़ खर्च गर्यो भने त्यो समाजको तारो भयो ! उसो त कन्जूस भन्ने शब्द पनि हाम्रै हो फेरि ! खुला समाज भने पनि हाम्रो समाज बन्द खाले नै हो । सरकारले जन्ती र दक्षिणा तोक्ने समाज हो हाम्रो ! आमसभामा लाख मान्छे गाड़ी चढेर जान र मासुभात खान हुने तर जन्ती जान नहुने, त्यो पनि नेताका लागि लागू नहुने समाज हो हाम्रो ।

मान्छेले खर्च गर्ने भनेकै लाउने र खानेमा हो । त्यसैमा हाम्रो राष्ट्रिय आपत्ति छ । बजारमा पैसा आउने नै यसैबाट हो । तीजमा तड़कभड़क र खर्च गरेको भेटिए निगरानी र कारबाही गरिने सरकारले चेतावनी नै दिएको छ । यद्यपि कुन खर्च या नाचगान तड़कभड़क हो र कुन होइन भन्ने स्पष्ट कानुन छैन । देउसी भैलोमा त यतिभन्दा बढ़ी दिन नपाइने, यति बजे भन्दा उता खेल्न नपाइने, यतिभन्दा बढ़ी मान्छे जम्मा भएर खेल्न नपाइने जस्ता कड़ा कानुन बन्छन् । मान्छेले चाडबाड़ आफूखुशी मनाऊन्, नाचून्, रमाऊन् अनि सक्नेले खर्च गरून् र नसक्नेका लागि सरकारले व्यवस्था गरोस् भन्ने हाम्रो सोच छैन ।

अझ दुःखलाग्दो त के छ भने चाडबाड़ आउने बित्तिकै हामी एकाएक समाजवादी चिन्तक बनेर निस्किन्छौं । आर्थिक–सामाजिक र सांस्कृतिक विश्लेषक बनेर देखा पर्छौं । खानपान र रहनसहनदेखि चाडको गरिमामाथि नै अपमानजनक टिप्पणी गर्छौं ! मुश्लिम बहुल देशमा ईदको, क्रिश्चियन बहुल देशमा कृष्मशको विरोध गरेको, लाखौं बाख्रो किन मारेको, लाखौं टर्कीको किन हत्या गरेको जस्तो प्रश्न उठेको सुनिन्न । मनाउनेहरू मनाउँछन्, खाने या पिउनेहरू पिउँछन्, अल्छी गर्नेहरू चुपचाप घरमैं बस्छन्, बजारबाट आलु किनेर खान्छन् तर हामीजस्तो भयङ्कर समाज र पर्व सुधारक बनेर देखा पर्दैनन् ! महिना दिन लामा र कड़ा उपवास हुन्छन् ती धर्ममा पनि ।

दिनभर पानीसमेत नपिई उपवास हुन्छ । तर कसैले स्वास्थ्य, मानवअधिकार या औचित्यबारे प्रश्न गर्दैन । गर्नेले उपवास गर्छ, नगर्नेले हल्ला नगरी चुपचाप खान्छ । तीजको एक दिन व्रत पनि हाम्रो लागि विद्वत्ता देखाउने र भड़ास पोख्ने विषय बन्छ ! यसरि हेर्दा समग्रमा हाम्रो सोच र सरकारको नीति दुइटै कुरो अर्थतन्त्र उकास्ने खालको छैन । न त उत्पादन वृद्धि गर्ने सोच र जाँगर छ न त धनि र सक्नेलाइ मनग्गे खर्च गर्न दिने नीति छ । यस्तोमा कोहि बालेन आउदैमा सम्पूर्ण कुरा अचानक परिबर्तन हुँदैन ।

बालेन जस्तो नेताले सफल हुन जनताको सोचमा पनि त्यहि अनुसार परिबर्तन हुनुपर्छ । अहिलेकै पाराले त बालेननै नेपालको माहाशक्तिशाली कार्यकारी अधिकार सम्पन्न सरकार प्रमुख प्रधानमन्त्री या कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति नै भएपनि उनले जादूको छाडी घुमाएर छू मन्तर गरेर विकास गर्ने त पक्कै हैनन् । विकास गर्न पुजी चाहिन्छ, पुजीको निर्माण गर्न आयात घट्न पर्छ, व्यापार घाटा घट्नु पर्छ । बाह्य ऋण लिएर तलब÷भत्ता दिने र अनुत्पादक विकास जस्तै भ्यु टावर र स्वागतद्वार निर्माण जस्ता काम रोकिनु पर्छ । देश भरिकै जमिन बाझो राखेर र काट्ने नमिल्ने रुखको जंगल उमारेर पुजी निर्माण हुन्न ।

यो सबमा बिशेष गरि समाजबाद उन्मुख देश बनाउने मुख्य भूमिका भनेकै बसेर खाने बनि परेको हरेक नेपालीको हो । बालेन राम्रो नेता हुन् । स्वच्छ छबिको मानिस हुन् । मानिस नै रहन दिनु पर्दछ । राष्ट्र निर्माणमा जनताले आफ्नो उतपादन गर्ने कर्तब्यलाइ भुल्न कुनै हालतमा मिल्दैन । यहाँ कोहिपनि अलौकिक प्रभु या भगवान आएर देशको निकास गरिदिने वाला छैन ।
मन्थली–१ रामेछाप

Scroll to Top