विश्व हिन्दुु महासंघले बुझायो प्रजिअलाई ज्ञापन–पत्र

रामेछाप । विश्व हिन्दु महासंघ तथा ॐ कार परिवार रामेछापले गौ हत्या र धर्म परिवर्तन जस्ता अवाञ्छित गतिविधि रोक्न माग गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारीलाई सोमवार ज्ञापन–पत्र बुझाएको छ ।

राष्ट्रिय झण्डा सहित शंख, घन्ट बजाउदै मन्थलीकोे देवकोटा चोकबाट निस्केको र्यालीले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन–पत्र वुझाएको हो । ज्ञापन पत्रमा पछिल्लो समयमा धरानमा बालगोपाल मन्दिर नजिकै छलकपट गरी स्थानीयलाई प्रलोभनमा पारी चर्च बनाएर सनातनीहरुलाई मर्माहत बनाएको विषय सेलाउन नपाउँदै दिन दहाडै गाई र गोरुको हत्या गरी खुलेआम माम्स भागबण्डा गरी खाए खुवाएको घटनाले सरोकार वाला सबैलाई स्तब्ध वनाएको उल्लेख छ ।

महासंघका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र शर्मा द्धारा हस्ताक्षरीत ज्ञापन–पत्रमा यो पूर्णतः संविधान विपरित, संस्कृति बिरोधी र धार्मिक सद्भाव बिरोधी कर्म भएकाले यस्ता कार्यको घोर भर्सना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरीन नदिन र दोषीलाई कार्वाहि गर्न माग गरिएको ज्ञापन–पत्र प्रमुख प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई बुझाएको हो ।

Scroll to Top