रामेछाप । उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही गाउँका १५ बर्षिय एक बालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि वढाएको छ ।
महिलाले गाउँकै एक १५ बर्षिय बालकले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि सोही उजुरीको आधारमा बालकलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । प्रहरीले आइतवार रामेछाप जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Post Views: 95