
रामेछाप । जर्वजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । रामेछाप जिल्ला अदालतले २०७९ पुस ४ गते जर्वजस्ती करणी मुद्धामा १२ वर्ष ५ महिना १७ दिन जेल सजाय र ३ लाख रुपैयाँ पिडकलाई क्षतीपूर्ति दिने गरी फैसला गरेको थियो ।

अदालतको फैसला पछि फरार रहेका नावालक नाम परिवर्तीत (ए थ्री) लाई प्रहरीले खोजतलास गर्ने क्रममा सुनापति गाउँपालिका–४ बेथानवाट पक्राउ गरी जिल्ला सदरमुकाम मन्थली ल्याएको छ । प्रहरीले नावालकको नाम गोप्य राखेको छ ।

पक्राउ परेका नावालकलाई रामेछाप जिल्ला अदालतमा पेश गरी बुधवार कारागार कार्यालय रामेछाप पठायएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रन्जन गिरीले जानकारी दिए ।
Post Views: 115