रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहालले पुष्पलालको जन्मस्थान रामेछापको भंगेरी र बीपीको जन्मस्थान सिन्धुलीको दुम्जामा राजनीतिक पर्यटनस्थलको रुपमा विकास गर्ने बताएका छन् ।
सो कुरा उनले बिहिवार रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने क्रममा बताएका हुन् । भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार अहिले गाउँमा आएको भन्दै परिर्वतन स्थानिय तहमा सेवालिन आउने नागरिकलेबाट मात्र देखिने भएकाले जनताको घरदैलोमा रहेको स्थानीय सरकारले सेवा प्रवाहमा गुणस्तरता कायम गरी विकास निर्माणमा ध्यान दिन आग्रह समेत गरे ।
प्रधानमन्त्री दाहालले मध्यपहाडी लोकमार्गको काम अझै बाँकी रहेकाले उक्त काम सम्पन्न गर्न आवश्यक वजेट संघीय सरकारले व्यवस्थापन गर्ने, साथै रामेछापको विकासका लागि पनि सरकारले सक्दो प्रयास गर्ने बताए । सोही क्रममा दाहालले संविधान कार्यान्वयनका लागि सरकारले आवश्यक संघीय ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउने गरि काम भइरहेको बताए ।
मन्तव्यकै क्रममा दाहालले अहिलेको गठवन्धनको सरकार कुनै पनि हालतमा नटुट्ने भन्दै आफ्नो एकवर्षे कार्यकालमा आर्थिक, सामाजिक क्षेत्रमा उल्लेख काम गरेको ठोकुवा समेत गरे । त्यस्तै उनले लामो समयको प्रतिक्षापछि भारतलाई १० वर्षको लागि १० हजार मेघावाट विद्युत व्यापार आजै मात्र सम्झौता भएकाले अब भारत हुँदै बंगालादेशलाई पनि विद्युत विक्रीको लागि पहल गरिने बताए ।
सुनापति गाउँपालिकाको सुविधासम्पन्न नवनिर्मित भवन करिब ३ करोड ४८ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनमा १० कार्यालय कोठा र एक सभाहल रहेका छ । भवन उद्घाटन कार्यक्रममा बोल्दै रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ, वाग्मती प्रदेशका सदस्य युवराज चौलागाई र आनन्दकुमार श्रेष्ठले रामेछापमा विकास निर्माणका कार्यक्रमहरु थप संचालनको लागि माग गरेका थिए ।
प्रधानमन्त्री दाहालले आजै सुनापतिको बेथानस्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवारका सदस्लाई सम्मान समेत गरेका थिए । उक्त स्थानमा २०५३ पुस १९ गते बेथान प्रहरी चौकी आक्रमणको क्रममा बेथानका शहिदहरू तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनको ज्यान गएको थियो । सो स्थानमा निर्मित सहिद पार्कको सालिकमा दाहालले माल्यार्पण गरेका थिए । माओवादीले बिगत देखी नै पुस १९ लाई विरता दिवसको रुपमा मनाउँदै आएको छ ।