सुत्केरी आमालाई कोसेली बितरण

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले पालिका भित्र सुत्केरी भएका आमाहरुलाई भेटन जान उपाध्यक्ष भेटघाट र कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।
चालु आर्थिक वर्षमा पालिका भित्र सुत्केरी भएका ३८ जना आमाहरुलाई भेटन उपाध्यक्ष दीपा पाख्रिन पोषणयुक्त खानेकुरा लिएर सुत्केरीको घरघरमा पुगेकी छिन् । जसमध्ये हालसम्म लिखु तामाकोशी गाउँपालिका–२ सैपुु, ५ नागदह, ६ खिम्ती र ७ तिल्पुुङमा पुुगेर सुत्केरी आमालाई भेटी पाँच प्रकारका पोषणयुक्त्त खानेकुरा वितरण गरिएको लिखु तामाकोशी गाउँपालिकाका उपाध्यक्ष दीपा पाख्रिनले जानकारी दिइन ।

Scroll to Top