रामेछाप । पार्किङ्ग गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ परेका छन् ।
दोलखा जिल्ला मेलुङ्ग गाउँपालिकामा स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकमा कार्यरत प्रहरी जवान भण्डारीले मन्थली नगरपालिका–१ का कपडा व्यवसायी रमेश नेपालीको पार्किङ्ग गरिराखेको बागमती प्रदेश ०२–०२८प ०९०७ नम्बरको मोटरसाइकल बैशाख १ गते नयाँ वर्षको दिन राती चोरी गरेका थिए । सदरमुकाम मन्थली वजारको सडक किनारमा पार्किङ्ग गरि राखेको मोटरसाइकल हराएपछि नेपालीले खोजविनको लागि प्रहरीमा अनुरोध गरेका थिए ।
मोटरसाइकल धनी नेपालीको उजुरीको आधारमा खोजविनमा लागेको रामेछाप प्रहरीले हराएको मोटरसाइकले मन्थली नगरपालिका–१ हाटेचौरमा एक घरको कोठाभित्र सबै पार्टपुर्जा झिकेको अवस्थामा उक्त फेला पारेको थियो । मोटरसाइकलको पाटपुर्जा मात्रै फेला पारेपछि प्रहरीले बजारको सिसिक्यामेराको फुटेज हेर्दा प्रहरी जवान भण्डारीले नै उक्त मोटरसाइकल चोरी गरेको देखिएपछि प्रहरी जवान भण्डारीलाई हिरासतमा लिई रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
उनले भने– हामीले सिसिक्यामेराको फुटेजको आधारमा पहिला प्रहरी जवान भण्डारीलाई सोधपुछ गर्यौ । सोधपुछको क्रममा उसले गल्ती स्विार गरेकाले थिए । जवान भण्डारीले मोटरसाइकलका सवै पाटपुर्जा झिकेर छुट्टाछुट्टै झोलामा राखेर मोटरसाइकल वर्कसपमा लैजान राखेको बताएपछि उनको कोठाबाट उक्त सामान समेत बरामद भएको प्रहरी नायव उपरीक्षक पराजुलीले बताए ।
यसअघि पनि सदरमुकाम मन्थली र आसपासका क्षेत्रमा पटक–पटक मोरसाइकल चोरी भएका थिए । उक्त चोरीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले कुनै पनि व्यक्ति प्रक्राउ गर्न सकेको छैन । यसअघि पनि चोरी भएका सबै मोटरसाइकलमा प्रहरी जवान भण्डारीकै संलग्नता रहेको हुनसक्ने आशंका स्थानिय नागरिकहरुले गरेका छन् ।