रामेछाप । नक्कली शरणार्थी सम्बन्धि ठगी प्रकरणमा मुछिएपछि फरार रहेका रामेछापका पूर्वसांसद आङटावा शेर्पाले प्रहरी कार्यालय पुुगेर आत्मसमर्पण गरेका छन् ।
शेर्पा विरुद्ध गत शुक्रबार काठमाण्डौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । शेर्पाले बिचौलियाहरू पक्राउ परेपछि उनीहरूलाई भेटेर आर्थिक प्रलोभन दिई बयान प्रभावित पार्न केही व्यक्तिलाई भेटेका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा शेर्पा रामेछापबाट निर्वाचित भएका हुन । पूर्वसांसद शेर्पाले कांग्रेस नेता बालकृष्ण खाणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको भन्दै उनलाई मतियारका रुपमा प्रहरीले अनुसन्धान गर्दै आएको छ ।
शेर्पा पक्राउ परेसँगै नक्कली शरणार्थी मुद्धामा पक्राउ पर्नेको संख्या १४ जना पुगेको छ । प्रहरीको सूचिमा अब पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र इन्द्रजित राईका छोरा निरज मात्र फरार रहेको प्रहरीले जनाएको छ ।