नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रामेछाप । सदरमुकाम मन्थलीमा बुधवारबाट ७ औँ मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा शुरु भएको उक्त खेलकुद प्रतियोगीताको उद्घाटन मन्थलीका नगर प्रमुुख लव श्रेष्ठले गरेका छन् । खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले खेलकुद स्वास्थ्य र राष्ट्रकै महत्वपूर्ण अंग भएको बताए ।

माघ १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा मन्थली नगरपालिकाका २० वटा माध्यमिक विद्यालयका बालबालिकाहरुले सहभागीता जनाएका छन् । प्रतियोगीतामा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, र कराँते लगाएतका खेलहरु खेलाइने छ ।

खेल उद्घाटन अघि सदरमुकाम मन्थलीमा स्काउट टुपमा आवद्ध केही विद्यालयका विद्यार्थीहरुले स्काउट मार्च पास प्रर्दशनी गरेका थिए । सो मार्च पासमा मन्थलीको कर्कलादेवी बोडिङ स्कुलका विद्यार्थीहरुले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । प्रथम हुने विद्यालयका बालबालिकाहरुले १५ हजार नगद पुरस्कार हात पार्न सफल भएका छन् ।

त्यसैगरी मन्थली माविका बालबालिकाहरुले दोस्रो स्थान हासिल गरी नगद १० हजार नगद प्राप्त गरेका छन् भने सोही मार्च पासमा तेस्रो स्थान प्राप्त गरी तामाकोशी बोडिङ स्कुलका बालबालिकाहरुले ५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएको मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिए ।

Scroll to Top