फुटवलमा आर्सनलले न्युक्यासललाई हरायो

काठमाण्डौ – गएराती भएको खेलमा इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासललाई २–० गोल अन्तरले हराएको छ । आर्सनलका लागि खेलको १४ औँ मिनेटमा मार्टिन ओडेगार्डले एक गोल गरेका थिए ।

यस्तै खेलको ७१ औँ मिनेटमा न्युक्यासलका फाबियन स्कारले आत्मघाती गोल गरेका थिए । जितसहित आर्सनलले प्रिमियर लिगको उपाधि होडमा आफूलाई कायम राखेको छ । आर्सनलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको दूरी एक अङ्कमा झारेको छ ।

शीर्ष स्थानको सिटीको ८२ अङ्क छ भने आर्सनलको ८१ अङ्क छ । न्युक्यासल भने तेस्रो स्थानमा छ । उसको ६५ अङ्क छ । यस्तै, प्रिमियर लिग अन्तर्गत नै गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ ।

वेस्टह्यामका सैद बेनरमाले खेलको २७ औँ मिनेटमा गरेको गोल गरेसँगै उक्त गोल नै निर्णायक बन्यो । युनाइटेड ६३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने वेस्टह्याम ३७ अङ्कसहित १५ औँ स्थानमा रहेको छ ।

Scroll to Top