रामेछाप । अख्रिल नेपाल खेलकुद महासंघ रामेछापको प्रथम भेलाले खेलकुद क्षेत्रका अगुवा लालवहादुर थापामगरको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
शनिवार भएको उक्त भेलाले समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह–सचिवमा क्रमशः चुक्त बहादुर मगर, तेज तामाङ, र गणेश माझी चयन भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा क्रमशः अनिल सागर ग्यापक, निरवहादुर श्रेष्ठ, भिमवहादुर थापा (सविन) र राजकुमार लामा लगाएत अन्य सदस्यहरु रहेका छन् । त्यस्तै सह–इन्चार्ज र सदस्य सहित ३१ जना कार्यसमितिमा रहेको नवनिर्वाचित अध्यक्ष लालवहादुर थापामगरले जानकारी दिए ।
अखिल नेपाल खेलकुद महासंघका जिल्ला इन्चार्ज जयमान घिसिङको अध्यक्षता तथा पूर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ (कुशल) को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जिल्लामा खेलकुदको क्षेत्रमा प्रयाप्त वजेट नहुँदा धेरै खेलकुद गतिविधिहरु हुन नसकेको भन्दै यसलाई वढावा दिन आवश्यक खेल मैदान, भवन लगाएत आवश्यक पूर्वाधार निमार्णको लागि आफु सधै निरन्तर लागि रहने बताए ।
Post Views: 149