काठमाण्डौं । धनकुटा स्थित चौबिसे राजारानीमा सञ्चालित १०औँ अग्नि–वसुन्धरा रारा गोल्डकपको उपाधि सिराहाको सहलेश युवा क्लबले हात पारेको छ ।
फाइनलमा धनकुटाको डाँडाबजार फुटबल क्लबलाई ४–१ गोलअन्तरले हराउँदै सिराहाले उपाधि हात पारेको हो । सहलेशलाई उपाधि दिलाउन फागुराम थारूले दुई र समीर तामाङले एक गोल गरेका थिए । डाँडाबजारका खेलाडीले आत्मघाती गोल गर्दा सिराहालाई थप मद्दत पुगेको थियो ।
डाँडाबजारका लागि नीरज थापामगरले पेनाल्टीमार्फत सान्त्वना गोल गरेका थिए । उपाधिसँगै सिराहाले नगद तीन लाख प्राप्त गर्न सफल भएको छ । त्यस्तै उपविजेता डाँडाबजार धनकुटाले एक लाख ५० हजार प्राप्त गर्न सफल भएको छ ।
सो खेल प्रतियोगीतामा सिराहाका फागुराम थारू सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । उनले सो खेलमा चार गोल गर्न सफल थारू सर्वाधिक गोलकर्ता बन्न सफल भए । फाइनल खेलको म्यान अफ दी म्याच सिराहाका समित तामाङ घोषित भएका छन् । त्यस्तै सो खेलमा सिराहाकै निश्चल मोक्तान उत्कृष्ट गोलरक्षक बनेका छन् । सो खेलको आयोजक रारा फुटबल क्लबका अर्जुन लिम्बूलाई उदीयमान खेलाडी घोषित समेत गरिएको थियो ।