काठमाण्डौं । बार्सिलोनाले स्पानिस ला लिगाको उपाधि जितेको छ । आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४–२ ले पराजित गरेपछि बार्सिलोना च्याम्पियन बन्न सफल भएको हो ।
३४ खेलबाट बार्सिलोना ८५ अंक जोडेर अग्र स्थानमा रहेको छ । समान खेलबाट रियल ७१ अंकसहित दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले बाँकी खेल हार्दासमेत रियलले भेटन सक्ने सम्भावना न्युन रहेको छ । अब खेल्न १२ अंकका लागि मात्र खेल खेल्न बाँकी हुँदा बार्सिलोनाले १४ अंकको अग्रता बनाएको छ ।
सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि बार्षिलोनाले जितेको हो । क्लबकै पूर्वखेलाडी जाभी प्रशिक्षक बनेपछि पनि बार्सिलोनाको यो पहिलो उपाधि हात पार्न सफल भएको हो । बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा अलेजान्द्रो बाल्डे र जुल्स कोउन्डेले एक÷एक गोल गरेका थिए ।
Post Views: 163