किसानलाई पानी तान्न दिइएको बर्षापम्प बीस्थापित

रामेछाप । तत्कालीन जिल्ला कृषि विकास कार्यालय रामेछापले किसानहरुलाई बिरतण गरेको विद्युत विना नै पानी तान्ने उपकरण वर्षापम्प छोटै समयमा विस्थापित भएका छन् ।

विद्युत नपुगेका किसानहरुलाई खेती गर्न सहज हुने र विद्युत पुगेर पनि नदी तथा खोलाको पानी मेसिन वाट तानेर खेतीपाती गर्दै आएका किसानहरुलाई सहज होस् भन्ने हेतुले लाखौं मूल्यमा बर्षापम्प किनेर किसानलाई वितरण गरेपनि किसानले उक्त पम्प प्रयोग गर्न छाडेका छन् । विद्यूतवाट पानी तान्दा सजिलो हुने र छिटो पानी तान्ने भएकाले उक्त पम्प किसानले त्यतिकै बारी तथा खेतको कान्लामा थन्काएका छन् ।

कार्यालयले मन्थली नगरपालीका वडा नं—१ आकाशे स्थित तामाकोशी नदीको विचमा राखेर परिक्षण शुरु गरेर किसानहरुलाई उक्त उपकरण वितरण गरेको थियो । नदीको पानीको करेन्ट द्धारा मेशिन मार्फत ३२ एमएमसम्मको पाइमा नदीको सतहवाट २० मिटर माथीसम्म पानी फाल्न सक्ने उक्त उपकरणले २४ घण्टामा २० हजार लिटर पानी फाल्न सक्ने क्षमता रहेको थियो । नदीबाट भर्टिकल लाइनमा २० मिटरको उचाइसम्म पानी तान्न सकिने र सम्म भागमा १ किलोमिटरसम्म तान्न सकिन्छ ।

नेदरल्याण्डकोे प्रविधिबाट बनेको सो पानी तान्ने मेशिनको डिजाइन नेपाली इन्जीनियरले गरेका थिए । भुकम्पपछि पानीको मुल भासिएपछि कतिपय किसानहरुले नदीको पानी विद्युत मार्फत महगाें मूल्य तिरेर तरकारी खेती लगाउँदै आएका थिए । यस नयाँ प्रबृद्धिमा विद्युत र डिजेल केही नचाहिने भएकाले किसानलाई ठूलो राहात मिलेको भएता पनि अहिले ठाउँठाउँमा विद्युत पुगेको र विद्युतले ठूला मेसिन लगाएर पानी तान्ने गर्दा उक्त बर्षापम्प विस्थापित हुँदै गएका हुन् ।

उक्त मेशिन खरिद मुल्य २ लाख ५० हजार पर्ने र त्यससँग सम्बन्धित अन्य सामाग्री र पानी जामाउने पोखरी सहित गर्दा ४ लाख रुपैयाँ लागत परेको थियो । विद्युतीय मेसिनले पानी तान्दा मासिक ६ हजार रुपैयाँ बत्तिको पैसा तिर्ने आएकोमा यस मेसिनवाट पानी तान्दा विद्युतमा तिर्नुपर्ने सवै रकम वचत हुने हुँदा हामीजस्ता किसानलाई ठूलो राहात मिल्ने गरेता पनि कोशीमा पानी भएको ठाउँतिर सार्नुपर्ने, पोखरी निमार्ण गर्नुपर्ने र नदीको पानीको सतह घटवड हुँदा बगाउने होकी भन्ने चिन्ताले गर्दा उक्त प्रविधिवाट पानी तान्ने काम अहिले छाडिएको मन्थली नगरपालिका–११ गेलु पन्थलीका कृषक सुन्दर घिमिरेले जानकारी दिए ।

Scroll to Top