नेकपा एमाले रामेछापले गर्यो ८१ जना प्रतिनिधि चयन

रामेछाप । नेकपा एमालेको असोज ८ र ९ गते काठमाण्डौंमा हुने बागमती प्रदेश अधिवेशनको लागि रामेछापबाट ८१ जना प्रतिनिधि चयन गरेको छ ।

प्रदेश अधिवेशनमा प्रतिनिधि भएर जाने रामेछाप एमालेका धेरै नेताहरुको चाहना थियो । तर सवै नेताहरु उक्त अधिवेशनमा जान सम्भव नभएपछि केही नेताहरुले आफ्नो हठ छाडेपछि सर्वसम्मत प्रतिनिधि चुनिएका हुन् । सर्वसम्मत चुनिनेमा पार्टी केन्द्रिय सदस्य एवं बागमती प्रदेशका पूर्व मन्त्री द्धय कैलाश प्रसाद ढुंगेल र शान्तिप्रसाद पौडेल सहित ८१ जना रहेको नेकपा एमाले रामेछापका उपसचिव होतराज ढकालले जानकारी दिए ।

मन्थली नगरपालिकाबाट सर्वसम्मत चयन हुनेहरुमा मायाकुमारी कार्की, राधिका खड्का, शान्ता न्यौपाने सुवेदी, ईश्वरी बस्नेत, हर्कमाया माझी, कृष्णहरि अधिकारी, लव श्रेष्ठ , ध्रुवकुमार कार्की, गोपाल श्रेष्ठ, रमेशकुमार बस्नेत, प्रकाशकुमार कार्की, रामबाबु घिमिरे, कुमार ढुङ्गेल खत्री, सङ्कर बहादुर थापा, राजेन्द्र चौहान, गणेश कार्की र प्रबल सुवेदी रहेका छन् । त्यस्तै रामेछाप नगरपालिकाबाट सिताकुमारी खत्री, भुपालराज श्रेष्ठ, उमेश विक्रम थापा, रोशन पाख्रिन, कुवेर कुमार श्रेष्ठ रहेका छन् ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाबाट कैलाशप्रसाद ढुङ्गेल, प्रेमबहादुर खड्का, प्रेमबहादुर तामाङ, ज्ञानकुमार श्रेष्ठ, केशरबहादुर बुढाथोकी, श्यामकृष्ण श्रेष्ठ, इन्द्रबहादुर तामाङ, केशवकुमार प्रधान, पुष्करकुमार कार्की, सोमप्रसाद मैनाली, मखमली श्रेष्ठ, रमा घिसिङ, अनिता तामाङ राई रहेका छन् ।

त्यसैगरी लिखु तामाकोसी गाउँपालिकाबाट कमलप्रसाद कडरिया, उद्धवप्रसाद कडरिया, जगन्नाथ दाहाल, पुष्पराज पौडेल, दुर्गाबहादुर श्रेष्ठ, केशर बहादुर पौडेल, दीपशिखा दाहाल र दिपा पाख्रिन छनौट भएका छन् ।

त्यस्तै उमाकुण्ड गाउँपालिकाबाट शेरबहादुर सुनुवार, गङ्गादेवी कार्की, परशुराम बस्नेत, कुमार कार्की, लीलामाया सुनुवार, दोरम्बा शैलुङ गाउँपालिका , तुलप्रसाद कँडेल, टङ्कप्रसाद चौलागाई, मिलनकुमार घिसिङ, जनककुमार राना, नवराज गौतम, नेत्रबहादुर थापामगर, जीतबहादुर थापामगर, सुभद्रा कँडेल पाठक र जानुका चौलागाईं छनौट भएका छन् ।

त्यसैगरी सुनापति गाउँपालिका ज्ञानकुमार योञ्जन, पाल्देन लामा, ईलक सिं तामाङ, भुवन विक्रम घिमिरे र विमला ग्यापक रहेका छन् भने गोकुलगंगा गाउँपालिकाबाट पूर्व मन्त्री शान्तिप्रसाद पौडेल, बुद्धिबहादुर कार्की, अर्जुन कार्की, महेशलाल प्रधान, सुजन कार्की, ज्ञानबहादुर खड्का, ललिता गुभाजु र अनिता कार्की छनौट भएका छन् ।

यसैगरी सर्वसम्मत उत्पीडित तर्फ रेणुका खाती, पवित्रा महते सेवा, गणेश बिक, कूलबहादुर रोका, नीलहरि राम, नेत्रबहादुर विश्वकर्मा, टकबहादुर घतानी, गोपाल नेपाली दर्जी, सुर्तलाल विश्वकर्मा, सिताराम लोहार र घनश्याम सार्की रहेका छन् ।

Scroll to Top