खेलको विकास विना देशको विकास हुन सक्दैन–कान्छाराम

रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले खेलको विकास विना देशको विकास हुनै नसक्ने बताएका छन् ।

सो कुरा उनले उमाकुण्ड गाउँपालिका–७ भुजीमा रहेको फुटवल क्लवको २५ औं स्थापना दिवसको अवसरमा आयोजीत भुजी फुटवल लिग २०८० को उद्घाटन समारोहमा बताएका हुन् । भुजी कल्वको २५ वर्ष पुरा गरेको अवसरमा उक्त कल्वले आयोजना गरेको फुटवल प्रतियोगीताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तामाङले खेलकुद कार्यक्रमले गर्दा देशमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने हुँदा देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए । त्यस्तै खेलकुदले राष्ट्रियता जगाउनका साथै नागरिकमा एकता कायम गर्न समेत सहयोग पुग्ने पनि बताए ।

खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तामाङले आफुले निर्वाचन जितेको एकवर्ष पुरा भएको र यो अवधिमा जिल्लामा विकास निमार्णको लागि आफुले प्रदेश र संघवाट धेरै वजेट ल्याउन सफल भएको बताए । उनले जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिका रहेकाले यस पालिकाका नागरिकहरुले अहिले पनि यातायात,खानेपानी, शिक्षा र स्वास्थ्यमा दुःख खेप्दै आएकाले ती समस्याको समाधान गर्न आफुले सक्दो वजेट ल्याएर विकास निमार्ण गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

७ दिनसम्म चल्ने उक्त खेलमा रामेछाप र छिमेकी आसपासका जिल्लाहरुका गरी १७ वटा टिमले प्रतियोगीतामा सहभागी रहेका छन् । खेलमा प्रथम र द्वितीय हुने प्रतियोगी टिमहरूलाई क्रमशः नगद रू १ लाख २ हजार ५ सय पच्चिस र ५० हजार पच्चिस नगद प्राप्त गर्ने छन् । साथै सो खेलमा उत्कृष्ट प्लेयर,किपर,गोलकर्ता,डिफेन्डर र म्यान अफ दि म्याच उपाधि हासिल गर्ने खेलाडिलाई मेडल, प्रमाणपत्र र ट्रफि हस्तान्तरण गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

भुजी फुटवल क्लवका अध्यक्ष शोभाराज सुनुवारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना कार्की, उमाकुण्ड गाउँपालिका प्रमुख शेरवहादुर सुनुवार, उप–प्रमुख सावित्रि सुनुवार लगाएतले खेलको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा उक्त संस्थाका संस्थापक अध्यक्ष बुद्धि वहादुर सुनुवारले संस्थाको स्थापना कालदेखी हालसम्म भए गरेका कामहरुको सहभागीहरुलाई जानकारी गराएका थिए ।

Scroll to Top