
रामेछाप । प्रहरी प्रधान कार्यालयले विभिन्न समयमा गरेको सरुवाको वेवास्था गर्दै बसेका प्रहरी कर्मचारीहरुलाई २४ घण्टाभित्र सरुवा भएको सम्वन्धित जिल्लामा गएर हाजिर हुन निर्देशन दिएको छ ।
तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका विभिन्न दर्जाका कर्मचारीहरुलाई २४ घण्टाभित्र सम्बन्धित् दरबन्दीमा रवाना नभए कारबाही गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना लिई हाजिर हुनु भन्दै पत्राचार गरेको हो ।

सरुवा भएका कर्मचारीहरुलाई रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।