विद्युतीय माइक्रोभ्यान दुर्घटना हुँदा ६ घाइते

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीबाट यात्रु लिएर काठमाण्डौं जाँदै गरेको विद्युतीय माइक्रोभ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

शनिवार विहान यात्रु लिएर काठमाण्डौ तर्फ जादै गरेको उक्त माइक्रो भ्यान विपी राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित पाल्लेखेतमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा मन्थली नगरपालिका–८ का २८ वर्षीय श्रवढा कुमार माझी र उनकी श्रीमती ३५ वर्षीया सर्मिला माझी, छोरी ३ वर्षीया सोडिमा माझी, भाई आशिष माझी, सोही स्थानका १६ वर्षीया मनिषा माझी र १६ वर्षीया सचिता गिरी रहेका छन् ।

घाइते सबैजनाको घटनास्थलपछि तत्काल उद्धार गरी धुलिखेल अस्पातल पठाइएको छ । घाइते केहीको अवस्था मध्यम रहेको छ । गाडी चालक रामेछाप नगरपालिका ५ का अन्दाजी ४८ वर्षीय मिन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान अघि वढाइएको जनाएको छ । उक्त गाडीमा चालक सहित ७ जना सवार थिए ।

Scroll to Top