हम्मरले टाउँकोमा प्रहार गर्दा दुई घाइते

पार्बती कार्की-

रामेछाप । मन्थली नगरपालिकामा फलामको हम्मरले दुईजनाको टाउँकोमा प्रहार गरी घाइते बनाउने एकजना युवालाई प्रहरीले प्रक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा सुनसरी जिल्ला इटहरी उप महानगरपालिका–४ घर भई हाल मन्थली नगरपालिका– १ बस्ने वर्ष ४६ का सोमबहादुर माझी रहेका छन् । उनले शुक्रवार राति मन्थली नगरपालिका–१ स्थित २४ वर्षका रोशन नेपाली र रामेछाप नगरपालिका–८ का वर्ष २९ को ओमकार सार्कीलाई फलामको हाते ह्याम्बरले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

शुक्रवार राती मन्थली नगरपालिका–१ स्थित वर्ष २२ की सङ्गीता नेपाली र पक्राउ परेका माझीबिच विवाद भएको थियो । विवादकै क्रममा सङ्गीता नेपालीको श्रीमान् रोशन नेपाली र रामेछाप नगरपालिका–८ का ओमकार सार्कीले सम्झाउँदै गर्दा माझीले फलामको हम्मर ल्याएर अन्धधुन्ध दुई सार्कीको टाउँकोमा प्रहार गरेका थिए ।

घटनाको बिषयमा स्थानियले जिल्ला प्रहरी कार्यालय रामेछापमा खवर गर्नासाथ घटनास्थल पुगेको प्रहरीले घाइते अवस्थामा फेला परेका दुईजनालाई उपचारको लागि मन्थली अस्पतालमा पठाएको र उक्त घटनामा संलग्न भएको आरोप लागेका माझीलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालवाट एकहप्ताको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

Scroll to Top