सुन तोलाको १ लाख ७६ हजार पुग्यो

रामेछाप । सुनको भाउँले प्रत्येक दिन किर्तीमान बनाउँदै आएको छ । आज सुनको मूल्य बढेर तोलाको १ लाख ७६ हजार पुुगेको छ ।

मंगलवार सुन तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ थियो । आज उक्त सुन ८ सय रुपैयाँले बढेको हो । चाँदीको मूल्यमा भने ५ रुपैयाँले गिरावट आएको छ । हिजो चाँदी तोलाको २ हजार ५० रुपैयाँ थियो । उक्त भाउ ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Scroll to Top