रामेछाप । बुधवार विहान रसुवामा आएको बाढीका कारण रामेछापका दुई सरकारी कर्मचारी सहित अन्य ३३ जना मानिस वेपत्ता भएका छन् ।

बेपत्ता हुने सरकारी कर्मचारीहरुमा मन्थली नगरपालिका–४ सालुका रामहरी खड्का र सुनापति गाउँपालिका–५ खनियापानीकी पार्वती मानन्धर रहेकी छिन् । खड्का रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत रहेका थिए भने मानन्धर अध्यागमन विभाग टिमुरेमा अध्यागमन सहायक पदमा कार्यरत रहेकी थिइन । हाल उनीहरु दुवैजना वेपत्ता रहेका छन् ।
यसवाहेक अन्य बेपत्ता हुनेहरुमा रामेछाप नगरपालिका–१ गोठपानीका गुञ्ज श्रेष्ठ, नवराज श्रेष्ठ, रञ्जन श्रेष्ठ, राजन श्रेष्ठ र बिक्री लामा, वडा नं ३ साँघुटारका दीलवहादुर प्रधान, वडा नं ४ हिमगंगाका मिन आलेमगर र नवराज आलेमगर र वडा नं ७ सुकाजोरका सुमन विक्रम कार्की रहेका छन् । वेपत्ता हुने परिवारका सदस्यहरुले घरपरिवारमा सम्पर्क गर्न अनुराेध गरेका छन् ।


त्यसैगरी खाँडादेवी गाउँपालिका–४ पकरवास का उत्तम प्रसाई र प्रकाश मंग्राती, वडा नं ८ गागलभदौरेका टलक बहादुर भण्डारी रहेका छन् । त्यस्तै अन्य वेपत्ता हुनेहरुमा दोरम्वा शैलुङ्ग गाउँपालिका–२ दोरम्वाका डम्वरवहादुर मगर, सूर्य वहादुर मगर र रामकुमार मोक्तान, वडा नं– ६ लखनपुरका तारानाथ चौलागाई, वडा नं ४ गौश्वाराका निरा थापा, वडा नं १ डडुवाका पेन्जु लामा र लाक्पा दोर्जे शेर्पा रहेका छन् ।
त्यसैगरी अन्य वेपत्ता हुनेहरुमा मन्थली नगरपालिका–१ मन्थलीका सानुकुमार श्रेष्ठ र सुन्दर श्रेष्ठ वडा नं १० चनखुका अभिषेक लामा, वडा नं ११ गेलुका मिनराज मोक्तान र वडा नं १४ फुलासीका अनिल पाख्रिन रहेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिका–४ का राजु गजमेर, सुरज श्रेष्ठ र इश्वरी खड्का रहेका छन् ।
त्यस्तै लिखु तामाकोशी गाउँपालिका–५ नागदहका कुशल बुढाथोकी र बुद्धिमान तामाङ्ग रहेका छन् । यसवाहेक उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पा र वडा नं ३ कुभुकास्थलीका मधुकुमार कार्की रहेका छन् । परिवारका सदस्यहरुले दिएको विवरणको आधारमा वेपत्ता हुनेहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।
उनले भने– अन्य नागरिकहरु पनि वेपत्ता हुनसक्नुहुन्छ । विवरणहरु आउने क्रम जारी रहेको छ । हालसम्म परिवारका सदस्यहरुले दिएको विवरण अनुसार हराएका व्यक्तिहरुको खोजी कार्यको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानिय नागरिक, उद्धार टोली घटनास्थलमा अहोरात्र खटिइरहेकाले भरपर्दो सूचना पर्खन, नआतिन र र्धैय रहन सवै नागरिकहरुसमक्ष आग्रह गर्दछौं ।




