काठमाण्डौं । रामेछापको मन्थली नगरपालिका–४ सालु घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आफ्नै शरिरमा पेट्रोल खन्याएर आगो लगाई आत्महत्या गरेकी छिन् ।
उनले आफ्नै कोठामा शुक्रबार दिउँसो पौने ३ बजेको समयमा शरिरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि छटपटिंदै कोठाबाट बाहिर सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए । अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा उनको मृत्यु भएको त्यहाँका प्रहरी सहायक निरीक्षक श्याम तामाङले जानकारी दिए । श्रेष्ठले किन आत्महत्या गरिन भन्ने बिषयमा हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 79