रामेछाप । पछिल्लो केही वर्षयता रामेछापमा जर्वजस्ती करणीका घट्नाहरु बढ्दै गएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय रामेछापमा रहेको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा ११ वटा जबरजस्ती करणीका घटना रामेछापमा घटेका छन् । एघार महिनाको अन्तरालमा ११ वटा जबरजस्ती करणी र ३ वटा जबरजस्ती करणी प्रयासका घटनाका उजुरी प्रहरी कार्यालयमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीपकुमार थापाले जानकारी दिए ।
उनले भने– जर्वजस्ती करणी करणी र जर्वजस्ती करणीका प्रयासका घटनाहरु बढ्दै जाँनु दुःखद बिषय हो । समाजमा चेतनाको कमी हुँदा जबरजस्तीका घट्ना बढ्दै गएको देखिन्छ । यी घटनाहरुलाई निरुत्साहित गर्न समाजमा विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु लैजानु जरुरी देखिएको थापाले बताए ।
प्रहरीमा उजुरी दर्ता भएका जर्वजस्ती करणीका १० वटा र जर्वजस्ती करणी उद्योगका सबै मुद्धाको फस्र्योट भइसकेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा गत आर्थिक वर्ष २०७८÷०७९ मा जबरजस्ती करणीका १७ वटा र जबरजस्ती करणी उद्योगका ५ वटा घटना दर्ता भएको थियो ।
त्यस्तै गएको आर्थिक वर्ष २०७८÷०७९ मा ३ वटा वाल यौन दुरुपयोगका उजुरी दर्ता भएकोमा यस वर्ष उक्त शिर्षकमा कुनै पनि उजुरी दर्ता नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।