रामेछाप । विगत केही वर्षअघिसम्म छिटपुट रुपमा हुने आत्महत्याका घटनाहरु पछिल्ला वर्षहरुमा बढ्दै गएका छन् । जिल्लामा गएको आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै ४७ जनाले आत्महत्या गरेका छन् ।

जसमा ३७ जनाले झुन्डिएर र १० जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा बढी मात्रामा मानसिक तनाव, घर परिवारमा विवाद, आर्थिक समस्या, सामाजिक मनोवैज्ञानिकको असर लगाएत वढी मात्रामा देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।
उनका भने– जिल्लामा आत्महत्याका घटनाहरु बढ्नु चिन्ताको बिषय हो । दिनदिनै बढ्दो आत्महत्याका घटनाहरु न्युनिकरण गर्न नागरिकहरु माझ जनचेतनामुलक कार्यक्रमहरु संञ्चालन गर्नुपर्ने देखिन्छ । जसका लागि सम्वन्धित स्थानिय तहहरुले वडाका वस्ती वस्तीसम्म परिवार र समुदायहरु माझ मानसिक स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श लगाएत विभिन्न कार्यक्रमहरु संञ्चालन गरेर नागरिकहरुलाई जागरुक गर्न सके केही मात्रामा आत्महत्याका घटनाहरु कमी हुने अपेक्षा आफुहरुले लिएको अधिकारी राउतले बताए ।





