रामेछापको खिम्तीमा करेन्ट लाग्दा दम्पती घाइते

मेछाप । घरको छतमा जमेको पानी सफा गर्ने क्रममा करेन्ट लाग्दा लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा एक दम्पती घाइते भएका छन् ।

घाइते हुनेमा ५५ वर्षिय कल्याण थापा र उनकी श्रीमती वर्ष ६० की शारदा थापा रहेकी छिन् । शुरुमा शारदाले घरको छतमा जमेको पानी सफा गर्न लाग्दा उनले प्रयोग गरेको लठ्ठीले घर माथीवाट लगेको विद्युतको नाङ्गो तारमा छुदा करेन्टको भोल्टेजले शारदालाई भुइमा फालिदिएको थियो । भुईमा पछारिदा शारदाको टाउँकोमा चोट लागेको छ । श्रीमतीलाई करेन्ट लागेर लडेको देखेपछि छुटाउन गएका श्रीमान् कल्याणलाई पनि करेन्ट लागेर घाइते भएका छन् ।

करेन्ट लागेर घाइते भएका दुवैलाई स्थानिय गाउँलेहरुले घटनास्थलवाट उद्धार गरि उपचारको लागि छिमेकी जिल्ला दोलखाको तामाकोशी गाउँपालिका–५ किर्ने स्थित धुलीखेल शाखा अस्पतालमा भर्ना गरेका थिए । त्यहाँ सामान्य उपचार गरि थप उपचारको लागि काठमाण्डौं स्थित केएमसी अस्पतालमा रेफर गरेपछि उनीहरु दुवैलाई एम्वुलेन्स मार्फत गएराती काठमाण्डौं पठाइएको प्रहरी चौकी खिम्तीका प्रहरी सहायक निरीक्षक भोलाकाजी तामाङ्गले जानकारी दिए ।

Scroll to Top