दोरम्बामा निमार्णाधिन शान्तिपार्क अलपत्र

रामेछाप । रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालिका–२ दोरम्वा वजार नजिकै निमार्णाधिन शान्तिपार्क वजेट अभावमा अलपत्र अवस्थामा छोडिएको छ ।

दोरम्वा वजारमा शान्तिपार्क निमार्णको काम २०६६ सालवाट शुरुवात गरिएको थियो । शान्ति तथा पुर्ननिमार्ण मन्त्रालय मार्फत करिव ३ करोडको लागतमा निमार्ण सम्पन्न हुने गरी शुरु गरिएको उक्त पार्क अहिले अलपत्र अवस्थामा रहेको हो । शान्ति मन्त्रालयले क्रमागत कार्यक्रम मार्फत आर्थिक वर्ष २०६६ साल देखी २०७४ सालसम्म गरी करिव २ करोड ५० लाख रुपैयाँ रकम खर्चेको थियो ।

२०६० साल साउन ३२ गते दोरम्वामा तत्कालिन माओवादी कार्यकर्ताहरुलाई शाहि नेपाली सेनाले गिरफ्तार गरी २१ जनाको सामुहिक हत्या गरेपछि त्यस भेगमा बसोवास गर्ने नागरिकहरु गाउँ छोडेर अन्यत्र सरेका थिए । सरकार र विद्रोही माओवादी शान्तिवार्ता आएसँगै त्यस गाउँका त्रसित नागरिकहरुलाई केही सान्तवना दिन सरकारले शान्ति पार्क निमार्णको काम अघि वढाएको थियो ।

निमार्णाधिन पार्क भित्र भवन, शौचालय, प्रतिक्षालय, घेराबार लगाएतका संरचनाहरु निमार्ण गरिने र भित्रै रिङ्गरोड निमार्ण गर्ने लगाएतको स्टमेट रहेको थियो । हाल पार्कमा प्रतिक्षालय, पैदल हिड्न प्रयोग गरिने सिडी, शौचालय र प्रतिक्षालय निमार्ण भएका छन् । शौचालय निमार्ण भएपनि झ्याल ढोका राखिएको छैन् । पार्कमा लगाइएको घेरावार समेत भत्किएर क्षतविक्षत अवस्थामा पुगेको दोरम्वा गाउँपालिका–२ का मिनवहादुर घिसिङ्गले जानकारी दिए ।

उनले भने– शान्ति मन्त्रालय मार्फत हुँदै गरेको काम २०७४ सालमा भएको स्थानिय निकायको निर्वाचन पछि बिथोलियो । मन्त्रालयले गरेको काम पनि स्थानिय निकायको निर्वाचन पछि स्थानिय सरकारलाई जिम्मा लगाएर हिड्यो । स्थानिय निकायले मन्त्रालयसँग आवश्यक कागजात र चावी बुझेर पनि पार्कमा आवश्यक वजेट पनि छुट्टाएन र पार्कको संरक्षण तर्फ कुनै चासो नै नदेखाएको घिसिङ्गले बताए ।

स्थानिय निकायका निर्वाचित जनप्रतिनिधिले नत आवश्यक वजेट व्यवस्थापन गर्न सके नत प्रदेश र संघ मार्फत नै वजेट ल्याउन सके । निमार्ण भएका संरचनाको संरक्षण हुनुपर्नेमा त्यो संरक्षण हुन नसक्दा दुःख लागेको स्थानिय मानवहादुर तामाङ्गले जानकारी दिए । उनले भने– स्थानिय निकायमा निर्वाचित जनप्रतिनिधिले दोरम्वा वजारका नागरिकहरुलाई हेर्ने दृष्टिकोण सौताको जस्तै व्यवहार गरेको आरोप तामाङले लगाए ।

शान्ति पार्कको जिम्मा शान्ति मन्त्रालयले दोरम्वा गाउँपालिकालाई लगाएता पनि शान्तिपार्कको बाँकी काम पुरा हुन सकेको छैन । मन्त्रालयले गाउँपालिकालाई जिम्मा लगाएको बिषय नै आफुलाई जानकारी नभएको र उक्त पार्कको नाममा गाउँपालिकाले कुनै वजेट विनियोजन समेत नगरेको दोरम्वा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए ।

सरकारले स्थानिय नागरिकलाई राहात पुगोस् भन्ने हेतुले पार्क निमार्ण गरेता पनि उक्त पार्कको काम लथालिङ्ग अवस्थामा रहेको छ । पार्क दोरम्वामा निमार्ण भएको आफुले देखेको र पार्क भित्र बनेका संरचना पनि भत्किन लागेको आफुले देखेको भएता पनि उक्त पार्कको लागि वडाले कुनै पनि वजेट विनियोजन नगरेको दोरम्वा शैलुङ्ग गाउँपालिका–२ का वडा अध्यक्ष मेचमान योञ्जनले जानकारी दिए ।

Scroll to Top