लागु औषधी खाएर सवारी चलाउने चालक पक्राउ

रामेछाप । लागु पदार्थ सेवन गरी सवारी चलाउने तीन जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा बुझाएका छन् ।

पछिल्लो समय मादक पदार्थ र लागु औषध खाएर सवारी चलाउने चालक बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली अस्पतालको सहयोगमा जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाई गरेको छ । सोही कार्यक्रम अन्तर्गत सदरमुकाम मन्थलीको भैश्वेश्वर चोकमा गरेको चेकजाँचका क्रममा तीनजना चालकले लागु औषध सेवन गरेर सवारीसाधन चलाएको भेटिएको थियो ।

जसमध्ये जेसिभी चालक एकजना, माइक्रो चालक एकजना र ट्रक चालक एकजना रहेका छन् । पक्राउ परेका तीनै जना चालकको नाम भने सार्वजनिक नगरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईले जानकारी दिए ।

उनले भने– दुई तीन महिना यता रामेछापमा सवारी दुर्घटनाका घटना बढेसँगै प्रहरीले चेकजाँचमा कडाई गर्न शुरु गरेको छ । चेकजाँचको क्रममा धेरै चालकरुकै लापर्वाहीका कारण दुर्घटनााहरु बढेको हुन् । दुर्घटना न्युनीकरण गर्नको लागि प्रहरीले विभिन्न समयमा विभिन्न स्थानमा चेकजाँचमा बृद्धि गरेका छौं । यस कार्यलाई थप बृद्धि गर्दै लैजाने पनि प्रमुख चौलागाईले बताए ।

Scroll to Top