

रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिकाको शैलुङ्ग क्षेत्रमा बिगत लामो समयदेखी व्यवसायीक रुपमा चौरीपालन गर्दै आएका किसानहरुलाई एक हप्ते चौरीपालन तालिम प्रदान गरिएको छ ।
बागमती प्रदेश पशुसेवा तालिम केन्द्र ललितपुर लगनखेलको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । तालिम बिना नै व्यवसायीक रुपमा चौरीपालन गर्दै आएका किसानहरुलाई यस तालिमले थप उर्जा मिल्ने छ । तालिमवाट चौरीमा लाग्ने विभिन्न रोगका बिषयमा, गोठ व्यवस्थीत गर्नुपर्ने, चौरीलाई खुवाउने दाना र घाँसको बिषयमा प्राविधिक र सिपको बिषयमा तालिममा सहभागी भएका किसानहरुलाई प्रदान गरिएको राष्ट्रिय याक तथा चौरी कृषक महासंघका महासचिव दावासङ्वु शेर्पाले जानकारी दिए ।
उक्त तालिममा केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डा.रामचन्द्र सापकोटा र पशुसेवा विज्ञ केन्द्र ललितपुरका पशु विकास अधिकृत बाशुदेव नाथले सहजीकरण गरेका थिए ।
