मन्थलीको मसानटारमा यात्रु बाहक बस दुर्घटना, ठूलो संख्यामा यात्रु हताहत भएको आंशका

रामेछाप । मन्थली नगरपालिका ६ भलुवाजोर स्थित मसानटारको सडक मोडवाट यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा धेरै संख्यामा यात्रुहरुको हताहत भएको आशंका गरिएको छ ।

मगंलवार विहान काठमाडौंबाट यात्रु लिएर रामेछाप तर्फ आउदै गरेको उक्त यात्रुबाहक बस केही समयअघी मात्र तामाकोशीमा झरेको हो । दुर्घटनामा धेरै संख्यामा हताहती भएको अनुमान स्थानीयहरुले गरेका छन् । बसवाट मृतकको केही शव नदीले बगाउँदै गर्दा स्थानियहरुले निकालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार बस दुर्घटनाको जानकारी पाउनासाथ उद्धारको लागि प्रहरी, एम्वुलेन्स घटनास्थलतर्फ पठाइएको छ । अहिले बस दुर्घटना स्थलमा स्थानिय र प्रहरी द्धारा उद्धार जारी रहेको छ । बसमा कती यात्रु सवार थिए, कसरी दुर्घटना भयो भन्ने एकिन जानकारी भने प्राप्त हुन सकेको छैन् ।

Scroll to Top