रामेछाप । काठमाण्डौंबाट यात्रु लिएर ओखलढुङ्गा तर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्वरको पूर्व अनरनिको यातायात सेवा समितिको यात्रु बाहक बस मन्थली नगरपालिका–६ भलुवाजोर स्थित लिलौटी भन्ने स्थानमा दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।

मगंलवार विहान करिव १०ः३० वजेको समयमा उक्त बस सडकवाट तामाकोशी नदीमा खसेको थियो । घाइते मध्ये दश जनाको घटनास्थलवाट उद्धार गरी उपचारको लागि सिन्धुलीको खुर्कोट र रामेछापको मन्थलीका विभिन्न अस्पतालमा पठाइएको छ । अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । बस दुर्घटना र यात्रुको संख्या एकिन भएको छैन । थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन प्रसाद तिम्सिनाले जानकारी दिए ।
Post Views: 52


