बस दुर्घटनामा छ शव फेला, अन्य यात्रुको खोजी कार्य जारी

रामेछाप । काठमाण्डौंबाट यात्रु लिएर ओखलढुङ्गा तर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्वरको पूर्व अनरनिको यातायात सेवा समितिको यात्रु बाहक बस मन्थली नगरपालिका–६ भलुवाजोर स्थित लिलौटी भन्ने स्थानमा दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ ।

मगंलवार विहान करिव १०ः३० वजेको समयमा उक्त बस दुर्घटना भएको हो । घाइते चार जनाको घटनास्थलवाट उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको छ । अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । बस दुर्घटना र यात्रुको संख्या एकिन भएको छैन । थप विवरण आउन बाँकी रहेको छ ।

Scroll to Top