रामेछाप । बाख्राले गहुँ खाएको निहुँमा युवकले महिला माथि कुटपिट गरेका छन् । युवकको कुटाईवाट सुनापति गाउँपालिका ३ हिलेदेवीकी ३१ वर्षिय सानु खड्का घाइते भएकी छिन् ।

स्थानिय ज्ञान वहादुर खड्काको खेतमा लगाएको गहुँ बाख्राले खाएको भन्दै सानु खड्कालाई शुक्रवार दिउँसो स्टिलको थालले टाउँको लगाएतमा हिर्काउदा खड्का घाइते भएकी हुन् । बाख्राले गहुँ खाएको बिषयलाई लिएर विवाद चर्कदै जाँदा ज्ञानवहादुरले स्टिलको थालले अन्धाधुन्द रुपमा सानुलाई हिर्र्काएका थिए ।
ज्ञान वहादुरको कुटाईवाट सानुको घाटी नचल्ने र बोल्न समेत नसक्ने भएपछि उपचारको लागि एम्वुलेन्स मार्फत काठमाण्डौं पठाइएको इलाका प्रहरी कार्यालय बेथानका प्रहरी सहायक निरीक्षक शेरवहादुर बाराकोटीेले जानकारी दिए । उक्त घटनापछि युवक ज्ञानवहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेथानमा राखिएको र घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक बाराकोटीले जानकारी दिए ।





