रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका–१ चुचुर स्थित सिवालयमा गएराती आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीमा परी स्थानिय विक्रम राईको घर जलेर नष्ट भएको हो । उनको घरमा जडान गरीएको विद्युत लाइन सर्ट भएर आगलागी भएको स्थानियहरुले बताएका छन् । आगलागीवाट घरमा रहेका सुन र चाँदीका गरगहना, भाडावर्तन, लत्ताकपडा र खाद्यान्न लगाएतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरी चौकी सिवालयका प्रहरी सहायक निरीक्षक प्रदिपकुमार यादवले जानकारी दिए ।
उनका अनुसार आगलागीवाट करिव १० लाख बरावरको सामाग्री जलेर नष्ट भएको अनुमान गरिएको छ । आगलागी कसरी भयो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ । वेलुका ८ वजेको समयमा लागेको आगो स्थानिय, प्रहरी समेतको सहयोगमा राती नियन्त्रणमा लिएता पनि घर भने पूर्ण रुपमा जलेको हो । घर आगलागी भएपछि राईको परिवार अहिले आफन्तको घरमा बसेका छन् ।





