
रामेछाप । नेपाली काँग्रेसको भातृसंस्था ट्रेड युनियन काँग्रेस रामेछापले श्रमिकहरुको न्युनतम पारिश्रमिक २५ हजार पुर्याउनु पर्ने माग गरेका छन् ।

ट्रेड युनियन काँग्रेस रामेछापका जिल्ला अध्यक्ष अर्जुन श्रेष्ठको नेतृत्वमा बिहिवार जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेको टोलीले श्रमिकहरुको न्युनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने लगाएतका विभिन्न माग राख्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिं भण्डारी लाई पुग्ने गरि एक ज्ञापन पत्र बुझाएका छन् ।


प्रजिअ मार्फत श्रम रोजगार मन्त्रालयमा पठाइएको ज्ञापन पत्रमा भनिएको छ, नेपालको श्रम ऐन २०७४ मा ब्यवस्था अनुसार प्रत्येक २÷२ बर्षमा त्रिपक्षिय सहमतिका आधारमा श्रमजिबीहरुको न्यूनतम पारिश्रमीक निर्धारण गरि श्रावण देखि लागु गर्नु पर्नेमा सरकार र सम्बन्धीत निकाय छलफलमा बस्दा कुनै निष्कर्ष निस्कन नसकेकोले श्रमजिविहरुको हक र अधिकारको बिषयमा तत्काल निर्णय गर्न माग समेत गरिएको छ ।
अहिले बजारमा बढ्दो महंगीका कारण श्रमिकहरुको न्यून पारिश्रमीकले बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको भन्दै आर्थिक वर्ष २०८०÷८१ को साउन महिना देखी श्रमिकको पारिश्रमीक मासिक २५ हजार पुग्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।