करेन्ट लागेका पुरुषको उपचारको क्रममा ज्यान गयो

रामेछाप । घाँस काट्ने क्रममा विद्युतीय करेन्ट लागेर गम्भिर घाइते भएका उमाकुण्ड गाउँपालिका–१ गुम्देल लाह्छेवरका ४७ बर्षिय काजी कार्कीको उपचारको क्रममा शनिवार (हिजो) ज्यान गएको छ ।

घर नजिकै रहेको नुप्चे जंगलमा गत चैत्र ३ गते घाँस काट्न गएका कार्कीलाई राष्ट्रिय प्रसारण लाइनवाट लिखु नदीमा उत्पादन हुन लागेको भिजन हाइड्रोपावरमा उत्पादन हुन लागेको ३३ के.भि.प्रसारण लाइनको तार भुईमा लत्रिएको र उक्त तारमा छुदा कार्कीलाई करिव १५ मिटर तल भिरमा विद्युतीय झट्काले फालेको अवस्थामा उनलाई फेला पारेको आरोप स्थानियहरुले लगाएका छन् ।

उक्त स्थानवाट स्थानियहरुले घाइते कार्कीलाई तत्काल उद्धार गरी उपचारको लागि दोलखाको जिरी अस्पताल पुर्याएका थिए । उनको उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौंको केएमसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

प्रहरीका अनुसार– घाँस काट्न जंगल गएका कार्की लडेर अचेत अवस्थामा फेला परेको भनि स्थानियहरुले प्रहरीमा खबर गरेका थिए । पछि स्थानियहरुले कार्की आफै लडेको नभई विद्युतको करेन्ट लागी घाइते भएको भन्दै उनीहरुले गत चैत्र ७ गते भिजन हाइड्रोपावरमा उचित क्षतीपूर्तिको माग राख्दै उत्पादन बन्द गराएका थिए । सो घटनापछि स्थानियहरु र हाइड्रोपावरका कर्मचारीहरु विच गत चैत्र ९ गते घाइतेको उपचार र उचित क्षतिपूर्ति दिने सहमती भएपछि कार्कीको उपचार शुरु गरिएको थियो ।

Scroll to Top