नेपाल निमार्ण उद्योग परिषद् रामेछापको संयोजकमा–कृष्ण

रामेछाप । नेपाल निर्माण उद्योग परिषद् रामेछापको तदर्थ समन्वय कमिटीको संयोजकमा रामेछापका सफल युवा व्यवसायी कृष्ण थापामगर चयन भएका छन् ।

नेकपा एमाले निकट संस्था नेपाल निमार्ण परिषद् केन्द्रीय समितिले मंगलबार थापामगरको संयोजकत्वमा ७ सदस्यीय कमिटी मनोनित गरेको हो । संयोजकको जिम्मेवारी पाएका थापामगर यसअघि सोही समितिको सचिव पदमा एक कार्यकाल काम गरेर अनुभव वटुलिसकेका छन् । उनी हाल रामेछाप निमार्ण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष र मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाई समितिको सदस्य पदमा रहेर काम गर्दै आएका छन् ।

नेपाल निमार्ण उद्योग परिषद् रामेछापको तदर्थ कमिटीको सदस्यहरुमा कर्णबहादुर तामाङ, पर्वत कुमार वि.क, फत्त बहादुर बस्नेत, हरि माझी,रामबाबु घिमिरे र साजन शिवाकोटी रहेका छन् । कमिटीलाइ यहि असोज १५ गते भित्र जिल्ला अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ । परिषद्ले दिएको समायावधि भित्रै अधिवेशन गरेर पूर्णता दिने संयोजक कृष्ण थापामगरले जानकारी दिए ।

Scroll to Top