
रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले साना तथा मझौला उद्यम गर्दै आएका ७० जना उद्यमीहरुलाई कर सम्वन्धी दुई दिने तालिम मन्थलीमा शुक्रवारवाट शुभारम्भ गरेको छ ।

सो तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गरेका थिए । तालिम उद्घाटनको क्रममा प्रमुख श्रेष्ठले नगर भित्रका सवै व्यवसायीहरुलाई करको दायरमा ल्याउनु पर्ने बताए । उनले व्यवसायीहरुको सहयोगले नै नगरको सम्बृद्धि नहुने भएकाले सवै व्यवसायीहरु करको दायरमा आउनु पर्ने र त्यसका लागि नगरले आवश्यक वातावरण सिर्जना गर्ने बताए ।

दुई दिनसम्म चल्ने उक्त तालिमको सहजिकरण चार्टर एकाउन्टेन्ट द्धय लक्ष्मी लुईटेल र रस्मीला महर्जनले गर्ने भएका छन् । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक राजश्व विभागका निर्देशक राजु प्रसाद प्याकुरेल समेतको सहभागीता रहेको थियो ।
कार्यक्रममा तालिममा सहभागीहरुलाई निर्देशक प्याकुरेलले करको वारेमा राज्यले बुझाउन सक्नु पर्ने र व्यवसायीहरुले पनि करको बिषयमा बुझेर मात्रै आफ्नो व्यवसाय संचालन गर्नुपर्ने बताएका थिए । तालिम उद्घाटन कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष केशव घिमिरे, बरिष्ठ उपाध्यक्ष जयप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगाएतका महानुभावहरुको उपपस्थिती रहेको रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नवीन कुमार केसीले जानकारी दिए ।