तामाकोशी अस्पतालको परिसरमा आँखा अस्पतालको भवन बन्ने

रामेछाप । तामाकोशी अस्पतालको परिसर भित्र नयाँ सुविधासम्पन्न अत्याधुनिक भवन निमार्ण हुने भएको छ ।

२ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास सोमबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गरेका हुन । भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले सदरमुकाम मन्थलीमा निमार्ण हुन लागेको आँखा अस्पतालको भवनले सर्वसाधारण नागरिकलाई सेवा लिन निकै सहयोग पुग्ने बताए ।

उनले जिल्लामा तामाकोशी अस्पतालले विगत वर्षदेखी नै अस्पाल भित्र एउटा कोठामा आँखा केन्द्र स्थापना गरी सेवा दिदै आएको भएता पनि त्यो प्रयाप्त थिएन । अब आँखाका विरामीको लागि केन्द्रित गरेर नयाँ छुट्टै सुविधासम्पन्न भवन निमार्ण भएपछि त्यही अनुसार चिकित्सकहरु समेत राखेर गुणस्तरिय सेवा प्रदान हुने र उक्त सेवावाट आम रामेछाका नागरिकहरुले सेवा पाउने अपेक्षा आफुले लिएको छु । मन्थली नगरपालिकाले पनि सकेको सहयोग गर्ने समेत प्रमुख श्रेष्ठले बताए ।

बिगत लामो समयदेखी तामाकोशी अस्पतालले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर आँखा केन्द्र संचालन गर्दै आएको छ । मन्थली सामुदायिक आँखा केन्द्रवाट रामेछापका हजारौं नागरिकहरुले सेवा पाएका छन् । उक्त आँखा केन्द्रवाट रामेछापका ८ वटै स्थानिय तहमा पुगेर नागरिकहरुको आँखा परीक्षण गर्ने र मोतियाविन्दु भएका नागरिकहरुको लागि जिल्लामै अप्रेसन गर्ने काम समेत गर्दै आएको छ ।

तामाकोशी अस्पतालको परिसर भित्र आँखा केन्द्रको लागि एउटा छुट्टै २ कोठे प्रिफाय्व भवन निमार्ण गरी आँखाका विरामीलाई सेवा दिदै आएकोमा वर्षादको पानीले भवन पछाडीपट्टी रहेको पहिरो झरेर क्षती पुर्याएछि सेवा दिन समस्या हुँदै आएको थियो । भवन अभाव झेल्दै आएको आँखा केन्द्रको लागि तीलगंगा आँखा अस्पताल र भिजन हिमालय फाउण्डेसनका प्रमुख दातृ डा.रोमनले करिव १ करोड रुपैयाँ र बाँकी रकम सामुदायिक आँखा केन्द्र रामेछापले व्यहोर्ने र भवन २ वर्ष भित्र निमार्ण सम्पन्न गर्ने सम्झौता भएको तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले जानकारी दिए ।

उनले भने– भवन निमार्णको लागि अस्पतालले ९ आना जग्गा निःशुल्क प्रदान गरेका छौं । २ तले भवन निमार्ण भएपछि आँखाको नियमित परीक्षण र मोतिया बिन्दु लगाएतका शल्यक्रिया समेत गर्न समेत सहज हुने अध्यक्ष घिमिरेले बताए ।

Scroll to Top