रामेछाप । मन्थली नगरपालिकाले मन्थली नगरपालिका–६ भटौली स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव (सहायक स्तर पाँचौं) पदमा कार्यरत सुमित्रा श्रेष्ठलाई मंगलवार बर्खास्त गरेको छ ।
भटौली स्वास्थ्य चौकीमा कार्यरत अहेव श्रेष्ठले सेवामा रहदा नगरपालिकावाट विदा स्वीकृत नै नगराई ९० दिनसम्म कार्यालयमा अनुपस्थित रहेकाले उनलाई कार्यालयमा के कती कारणले उपस्थित हुन नसकेको हो भन्दै नगरले पत्राचार गर्दा समेत वेवास्था गरेपछि बाध्य भएर बर्खास्त गर्नु परेको मन्थली नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकीले जानकारी दिए ।
उनले भने– बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ११८ को (ग) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी कार्यालयको मिति २०८०÷०६÷१९ को निर्णयअनुसार सेवाबाट बर्खास्त गरिएको बताए ।
Post Views: 188