रामेछाप । प्रशासनले पटक–पटक गरेको अनुगमन र दिएको निर्देशन व्यवसायीले पालना नगरेको भन्दै आक्रामक रुपमा वजार अनुगमनमा निस्किएका अनुगमन टोलीले १९ व्यवसायीलाई एकैपटक कारवाही गरेको छ । कारवाही पर्नेमा रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारी समेत रहेका छन् ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक अनोजकुमार घिमिरेको संयोजक्तवमा बुधबार निस्किएका वजार अनुगमन टोली सदरमुकाम मन्थलीमा रहेका १५ वटा खाद्यान्न पसल, ९ वटा कम्मेटिक पसल र ११ वटा हार्डवएर पसलको अनुगमन गरेको थियो । अनुगमनको क्रममा म्याद ग्रुजीएका सामाग्री विक्रीवितरण गर्दै आएका ६ वटा कम्मेटिक पसलाई कारवाही गरेको हो ।
अनुगमन समितिले पटक–पटक व्यवसायीलाई म्याद गुज्रेका सामाग्री विक्रीवितरण नगर्न निर्देशन दिदै आएपनि त्यसको वेवास्था गर्दै उपभोक्तालाई सामान विक्री गर्दै आएका अनुराग इन्टरप्राइजेज, अनिस इन्टरप्राइजेज, रजनिश फेन्सी पसल, दाश जेनेरल स्र्टोस, जाल्पा इन्टरप्राइजेज र जानकारी फेन्सी पसललाई प्रदेश व्यापार तथा व्यवसाय ऐन २०७६ बमोजीम प्रति व्यवसायी १५ हजारका दरले जरिवाना गरेको छ ।
त्यसैगरी अनुगमन समितिले मनकामना सप्लार्यस, पिके जनरल स्र्टोस, विएस स्र्टोस र तामाकोशी जनरल स्र्टोसमा समेत म्याद गुज्रीएका खाद्यान्न बरामद गरी सामाग्री नष्ट गरेको छ भने अनाधिकृत रुपमा सामान विक्री वितरण गरेको भन्दै ती व्यवसायीहरुलाई २ हजार देखी १० हजार रुपैयाँसम्म जरिवाना गरेको छ । अनुगमन समितिले हार्डवएर, कस्मेटिक र खाद्यान्न व्यवसायीलाई जरिवाना गरे वापत २ लाख ५८ हजार राजश्व रकम जम्मा गरेको छ ।
त्यस्तै अनुगमन समितिले सदरमुकाम मन्थलीमा रहेका ११ वटा हार्डवएर पसलको समेत अनुगमन गरेको छ । जसमा मामा भान्जा हार्डवएर एण्ड सप्लार्यस, पूर्वे एण्ड सन मन्थली, लक्की हार्यवएर एण्ड सप्लार्यस, दिपज्योती हार्डवयएर एण्ड सप्लार्यस, विएस हार्डवएर, नवमी हार्डवएर, रुद्र हार्डवएर, शुभलक्ष्मी हार्डवएर र नकर्मी हार्डवएर पसल गरी ९ वटा हार्डवएर पसललाई प्रदेश व्यापार तथा व्यवसाय ऐन २०७६ बमोजीम प्रति व्यवसायी १५ हजारका दरले ठाउँको ठाउँ जरिवाना गरिएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक अनोजकुमार घिमिरेले जानकारी दिए ।
यसअघि पनि अनुगमन समितिले मापदण्ड विपरित दुध विक्री गर्दै आएका तीनवटा डेरी उद्योगलाई जनही १५ हजारकाले दरले जरिवाना गरेको थियो भने बढी मूल्य लिएर इन्धन विक्रीवितरण गरेको भन्दै लक्ष्मी आयल स्र्टोसलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो ।