माकादुममा चोरीका घट्ना बढ्दै,मुकदर्शक बन्दै प्रहरी

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुममा दिनहुँ जसो चोरीका घट्ना बढ्दा गाउँमै रहेको इलाका प्रहरी कार्यालय चोप्राङ्ग भने मुकदर्शक बनेर बस्दै आएको छ ।

गाउँमा पटक–पटक चोरीका घट्नाहरु बढ्दै गएपछि स्थानिय गाउँलेहरु असुरक्षा भएको भन्दै इलाका प्रहरी कार्यालय चोप्राङ्गलाई गुहारे । गाउँलेहरुले प्रहरी गुहारेपछि प्रहरी गाउँमा गएर खोजतास गर्ला र चोरी गर्ने व्यक्ति पत्ता लाग्दा भन्ने आशा गाउँलेमा थियो । तर प्रहरी गाउँमा गएर चोरी गर्ने व्यक्तिको खोजतलास गर्नुको सट्टा पिडीतलाई चोरीमा संलग्न भएका व्यक्तिको नाममा किटानी जाहेरी दिनु अनी पक्राउ गरौला भन्दै पिडीतलाई फर्काएपछि स्थानियहरु निराश बनेर फर्किनु परेको स्थानियहरु बताउँछन् ।

माकादुममा घर चोरी गर्ने व्यक्तिलाई प्रहरीले हालसम्म प्रक्राउ गर्न सकेको छैन । स्थानियले प्रहरी समक्ष चोरी गर्ने व्यक्ति प्रक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै आएका छन् । तर यता इलाका प्रहरी कार्यालय चोप्राङ्ग भने घर चोरी भएका घरधनीहरुले किटानी जाहेरी दिनुपर्ने भन्दै अड्को थापेर बस्दा माकादुममा चोरीका घट्ना बढ्दै गएका हुन् ।

हालसम्म माकादुममा उद्धब चौहान, डोर बहादुर कार्की, रिता महत, रविन्द्र लामा, उद्धब कार्की, कमल महत, शारदा कार्की र गोमा चौहान लगाएत ११ वटा घर चोरी भएका छन् । एघार घर चाेरी हुँदा लाखाैं मूल्य पर्ने गरगहना र नगद रकम समेत चाेरी भएकाे छ । त्यस्तै चाेर समुहले माकादुम स्वास्थ्य चौकी समेत चोरी गरेको छ । चोरले घरमा कोही नभएको मौका छोपी चोरी गर्दै आएको छ । गाउँमा एकपछि अर्को गर्दै चोरीका घटना बढेर त्रास फैलिएपछि वडा कार्यालयले चोरीमा संलग्न व्यक्ति प्रक्राउ गरी कानुनी कारवाही गरिदिन इलाका प्रहरी कार्यालय चोप्राङ्गलाई अनुरोध गर्दा समेत प्रहरीले चासो नदेखाएको खाँडादेवी गाउँपालिका–६ माकादुमका वडा अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

उनले भने– गाउँमा दैनिक चोरीका घटना बढेका छन् । नागरिकले असुरक्षा महसुस गरेका छन् । गाउँमै इलाका प्रहरी कार्यालय पनि छ तर चोरीमा संलग्न व्यक्ति प्रक्राउ गर्न सकेको छैन । प्रहरी यसो गाउँमा आएजस्तो गरेर फर्कन्छ । गहिरो तरीकाले अनुसन्धान गर्दैन् । यता गाउँमा चोरी भएको बिषयलाई गाउँपालिकाका अध्यक्षलाई पनि जानकारी गराउँदा गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले पनि खासै चासो नदेखाएको अध्यक्ष कार्कीले बताए ।

माकादुममा स्थानियले भनेजती घर चोरी नभएको इलाका प्रहरी कार्यालय चोप्राङ्गका प्रहरी निरिक्षक तेज कडेलले जानकारी दिए । उनले भने– केही घर चोरी भएको छ । हामीले प्रमाण भेटेका छैनौ । पिडीतले किटान गरेर किटानी जाहेरी नदिदा चोरी गर्ने व्यक्ति पक्राउ गर्न समस्या भएको छ । हामीले केही शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने काम गरेका छौं । किटानी जाहेरी नपरेकाले थप अनुसन्धान कार्य अघि वढाउन समस्या भएको प्रहरी निरिक्षक कडेलले बताए ।

Scroll to Top