प्रहरीले गरे रक्तदान

रामेछाप । नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिकोत्सवको अवसर पारेर आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापमा गरिएको रक्तदान कार्यक्रा सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको समन्वयमा उक्त रक्तदान कार्यक्रम भएको हो । सो रक्दान कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका सदस्य र प्रहरी कर्मचारी गरी १८ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा जम्मा भएको रगत अस्पतालमा उपचारमा आउने विरामीहरुलाई उपलव्ध गराउने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठले जानकारी दिए ।

Scroll to Top