
रामेछाप । वनभोज खाने क्रममा खाना सर्केर रामेछाप नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव वर्ष ४८ का लक्ष्मण श्रेष्ठको शनिवार निधन भएको छ ।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले शनिवार वनभोज कार्यक्रमको आयोजना गरेका थिए । वनभोज खान उनीहरु सोही नगरपालिका–७ सुकाजोर स्थित तारा खस्यो पोखरीमा पुगेका थिए । सो स्थानमा सबै कर्मचारीहरु मिलेर वनभोज खाने क्रममा अकस्मार श्रेष्ठलाई खाना सर्किएको थियो । खाना सर्केपछि लगातार रुपमा श्रेष्ठलाई खोकी लागेपछि तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप भर्ना गरिएको थियो ।

खाना सर्केर गम्भिर भएका श्रेष्ठको उपचारको क्रममा निधन भएको जिल्ला अस्पताल रामेछापकाका डा. केशव श्रेष्ठले जानकारी दिए । वनभोज कार्यक्रममा वेहोस भएका श्रेष्ठलाई उपचारको लागि अस्पताल लिएर गएका रामेछाप नगरपालिका–७ सुकाजोरका वडा अध्यक्ष समिर कार्की साथी गुमाउनु पर्दाको पिडाले वेहोस भएका छन् । उनको अहिले पनि जिल्ला अस्पतालमा राखेर उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।